बारामा एकै परिवारका तीन जनाको शव फेला
बारा | असोज २६, २०७९
सांकेतिक तस्बिर
बारा : बारामा एकै परिवारका तीन जनाको हत्या गरी शव खोलाको किनारमा फलिएको अवस्थामा भेटिएको छ । बाराको प्रसौनी गाउँपालिका–५ प्रस्टोकास्थित खोलाको किनारमा तीन जनाको शव फालिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
प्रस्टोका गाउँभन्दा करिब दुई किलोमिटर टाढाको ढोरा खोलाको किनारमा आज दिउँसो प्रस्टोका टोलकै दीपेन्द्र चौधरीकी २५ वर्षीया श्रीमती सुजाता चौधरी, छोरी तीन वर्षकी ताहिरा चौधरी र छोरा १६ महिनाका राजवीर चौधरीको शव भेटिएको बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो ।
पत्नी र छोराछोरीको हत्या गरी फरार भएको आशङ्कामा दीपेन्द्रलाई प्रहरीले खोज्ने क्रममा उनी घाइते अवस्थामा फेला परेकाले उपचारका लागि अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । हत्या कसले र किन गरेको भन्ने विषयमा अझै यकीन कारण खुल्न नसकेको र यसबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बोगटीले बताउनुभयो ।
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले तामाङ समुदायको महान् पर्व ‘२८६२ औं सोनाम ल्होसार’ का अवसरमा शुभकामना प्रदान गर्नुभएको छ । सोमबार शुभकामना सन्देश जारी गर्दै भट्टले आपसी सद्भ...
झापा: पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक अवधिमा अलैँची, छुर्पीलगायतका वस्तुको निर्यात उत्साहजनक रुपमा वृद्धि भएको छ । साउनदेखि पुस मसान्तसम्मको छ महिनामा रु सात अ...
पोखरा: तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम गरी मनाउँदै छन् । मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष सुरु भएको छ । आज...

